खेतमा भेटियो ६९ वटा सकेट बम

Bomb dispose

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्दा स्थानीयले ६९ वटा खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला पारेका छन् ।

बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन शुरु गरेको थियो ।

बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको छ ।

सेनाको टोलीले मंगलबार बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम शुरु गरे पनि बुधबार साँझसम्म पनि डिस्पोज गरेर सकेको थिएन । ती बमहरु द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...