वडाध्यक्षको निर्देशनमा कुटिए राप्रपा जिल्ला सह–अध्यक्ष
बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सह–अध्यक्ष धनबहादुर विष्टमाथि कुटपिट भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का जिल्ला अध्यक्षसमेत रहेका विष्टलाई आइतबार दिउँसो जिल्लाको दोगडा केदार गाउँपालिका वडा नं. ८ का रामबहादुर विष्ट, पदमबहादुर विष्ट, वीरबहादुर विष्ट लगायतका युवाहरुले लगायतले कुटपिट गरेका हुन् ।
विष्टको टाउकोमा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको छ । अध्यक्ष विष्टले आफ्नै बारीमा पसल गर्दै आएका युवाहरुले आफुमाथि हातपात गरेको बताएका छन् । ल
उनले आफुलाई वडाध्यक्ष भक्तबहादुर विष्टको निर्देशनमा हातपात गरिएको आरोपसमेत लगाएका छन् । ‘वडाध्यक्षले जे गर्छौ गर, म छु भनेर गाउँभरी हल्ला छ । त्यसैले वडाध्यक्षले नै ममाथि हातपात गर्न लगाएका हुन् ।
कडाउनका कारण समयमै प्रहरीमा उजुरी दिन नसकेका कारण मंगलबार प्रहरीमा उजुरी दिन लागेको बताएका छन् ।
यता, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का केन्द्रि अध्यक्ष फणिराज लोहनी (राजु) ले जिल्ला अध्यक्षमाथि हातपात र कुटपिटमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनले दोशीलाई कडा कारवाही नगरिए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस