आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ

1502162666pakrau 1

संखुवासभा । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप चार जना पक्राउ परेका हुन् ।

आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हरी बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइसोलेसन सेण्टर तोडफोड गरेको आरोपमा यसअघि हिमाल किरण क्याम्पसका प्रमुख डा. मात्रिका तिम्सिनालाई पक्राउ गरिएको थियो । प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...