चितवनमा थप १२ जनामा कोरोना संक्रमण

Coronaa

चितवन । चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ५ वर्षीया बालिकासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमितहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन् ।

उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो । चितवनमा कोरोना संक्रमित हुनेहरुको संख्या ३ सय ६४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...