पर्सा र चितवनमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु

Corona death all use

पर्सा । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जना पुरुषको मृत्यु भएको छ ।

योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो ।

पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

मुटु, दम र उच्च रक्तचापका बिरामी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ४ गते कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

कोरोना अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका फिजिसियन डा. निरजकुमार सिंहले जनाए ।

त्युैगरी वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शुक्रबार बेलुकी ८ बजेतिर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । मृगौला र मधुमेहका विरामी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि तराई अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा रिफर गरिएको थियो ।

दुवै मृगौलाले काम गर्न छोडिसकेको अवस्थामा अस्पतालमा भर्ना भएका उनको डायलायसिसको लागि तयारी गर्दैगर्दा अवस्था गम्भिर बनेपछि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यता, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन ।

भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...