टर्कीले अहिलेसम्मको ठुलो प्राकृतिक ग्याँस भण्डार फेला पारेको घोषणा

114054877 gettyimages 1228137881

एजेन्सी । टर्कीले अहिलेसम्मको ठुलो प्राकृतिक ग्यास भण्डार फेला पारेको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्ड़ोगनले समुन्द्रमा टर्कीले ठुलो प्राकृतिक ग्याँसको भण्डार फेला पारेको जानकारी दिएका छन् ।

उनले फतेह नामको ड्रिलिंगजहाजले टर्कीको कालो सागरमा ३२० अरब क्युबिक मिटर प्राकृतिक ग्याँसको भण्डार भेटाएको बताएका हुन् । अर्ड़ोगनले यो ग्याँसलाई २०२३ सम्ममा प्रयोगमा ल्याउने बताएका छन् ।  साथै उनले पूर्वी भूमध्यसागरमा समेत प्राकृतिक ग्याँसको खोजि जारी रहेको र खुशीको खबर आउने आशा रहेको बताएका छन् ।

टर्कीको उर्जाको समस्याको समाधान गर्न प्रतिबद्ध रहेको बताउदै राष्ट्रपति अर्ड़ोगनले भूमध्यसागरमा प्राकृतिक ग्याँस खोज्नेक्रममा फतेह र यावुज जहाजले समुन्द्रमा ९ पटक गहिरा खाडल खनेको बताएका छन् । अहिले टर्की प्राकृतिक ग्याँसको लागि रुस, इरान र अजरबैजानमाथि निर्भर रहेकोमा यो खोजपछि यो अवस्था नआउने बताइएको छ ।

यो ग्याँस समुन्द्रको २१ सय मित्र तल भेटिएको टर्कीका उर्जामन्त्रीले जानकारी इद्येका छन् । साथै अहिले टर्कीको अर्थव्यवस्थामा देखिएको समस्याका बीच यो प्राकृतिक ग्याँस कोसेढुंगा साबित हुने टर्कीका अर्थमन्त्रीले बताएका छन् । 

प्रतिकृया दिनुहोस