जनयुद्धकालकी जेल ब्रेकर उमा भुजेल सप्तरीबाट पक्राउ

Uma bhujel nishannews

सप्तरी । प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य उमा भुजेललाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । ४१ वर्षीया भुजेलसँगै चन्द समूहका अर्का नेता ३१ वर्षीय सुमनसिंह पौडेलसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।

अन्तरिम व्यवस्थापिकामा विधायकसमेत बनेकी चन्द समूहका पूर्वपोलिटब्यूरो सदस्य भुजेल र नेता पौडेललाई जिल्ला अदालत सुनसरीले मंगलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो ।

नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ । त्यस पक्राउ यता सरकारले विप्लवका केन्द्रिय तहका नेताहरुसमेत पक्राउ गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस