रानीपोखरीमा बिहानैदेखि भाइटीका सुरु

Ranipokhari tika

काठमाडौं । काठमाडौंको रानीपोखरीमा बिहानैदेखि भाइटीका सुरु भएको छ । आफ्ना दिदीबहिनी नहुनेले बिहानैदेखि रानीपोखरी पुगेर धमाधम टीका लगाएका छन् ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा टिका थाप्नेको घुइचो नै छ । दिदीबहिनी नहुनेहरुले विकल्पको रुपमा रानीपोखरीमा पुगेर टीका लगाउँछन् ।

२०७२ सालको भूकम्पले मन्दिर भत्किएपछि हरेक वर्ष मन्दिरको मूर्ति बाहिरै राखेर टीका लगाउने गरिएको छ । यस वर्ष पनि त्यसै गरिएको छ ।

रानीपोखरीमा मंगलबार बिहान ७ बजेदेखि बेलुकी साढे सात बजेसम्म पूजा गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...