यो वर्षको तिज घरमै बसेर सुरक्षित साथ मनाउन भरतपुर महानगर प्रमुख दाहालको आग्रह

Renu dahal

काठमाडौँ । भरतपुर महानगरपालिका प्र्रमुख रेनु दाहालले यो वर्षको तिज घरमै बसेर सुरक्षित साथ मनाउन आग्रह गरेकी छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै मेयर दाहालले यस्ते अनुरोध गरेकी हुन् ।

उनले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त गर्दै सामूहिक खानपिनको कार्यक्रम आयोजना नगर्न, नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगर्ने प्रमुख दाहालले अपिल गरेकी छिन् ।

महानगर प्रमुख दाहालद्धारा जारी गरिएको विज्ञप्तिमा भनेकी छिन्, ‘भरतपुर महानगरवासी सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, आपसी एकता, पारिवारिक सद्भाव र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीककोरूपमा रहेको यस पर्वमा नेपाली महिलाहरूले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि पूजा आराधना र पारिवारिक भेटघाट गर्ने तथा दर खाने प्रचलन रहेको छ ।

नेपाली मौलिक साँस्कृतिक पर्वले नेपालीहरूलाई एकताको सुत्रमा आबद्ध गर्दै सामाजिक सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर समेत प्रदान गर्दै आएको छ ।कोरोना (कोभिड–१९) महामारी विश्वव्यापी रूपमा झनझन वृद्धि हुने क्रममा रहेको छ ।

महानगरपालिका क्षेत्रमा पनि यसको संक्रमण दर वृद्धि हुँदै गएको    सामूहिक खानपिनको कार्यक्रम आयोजना नगर्न, नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगर्ने प्रमुख दाहालले अपिल गरेकी छिन् ।

‘अहिले मानवीय स्वास्थ्यको सवाल महत्वपूर्ण छ । महामारीबाट जोगाउन सकिएमात्रै पछि आउने चाडवाडहरू मनाउन पाइन्छ । यही यथार्थतालाई हृदयगम गर्दै आ- आफ्नै घरमा बसेर, मास्क, स्यानिटाइजरको प्रयोग र भौतिक दुरी कायम गरी सुरक्षित रूपमा यसपटकको तीज पर्व मनाउनुहुन विनम्र अनुरोध गर्दछु’ प्रमुख दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...