मोटरसाइकल राप्ती नदीमा खस्दा एक युवाको मृत्यु, एक बेपत्ता

Accident new

दाङ । दाङमा सानो राप्ती नदीमा मोटरसाइकल खस्दा एक युवाको मृत्यु भएको द्ध भने अर्का एक वेपत्ता भएका छन् । लु ५७ प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति ११ बजे बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँएर नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् ।

बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...