राप्ती नदीको बाढीले बगायो गैँडा

Flood in panauti 5

चितवन । राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिकै नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो । मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए ।

उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।


यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ ।

त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए ।

यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो ।

गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए ।

यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुईवटा वन क्षेत्रमा गैँडा मरेका हुन् । File photo

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...