बाढीले बगाएर बाजुरामा एक वृद्धा बेपत्ता

33

कैलाली। बूढीगंगा नदीको बाढीले गएराति बाजुराको बडिमालिका २ घाघरका एकजनालाई बगाएर बेपत्ता बनाएको छ। बेपत्ता हुनेमा स्थानीय ६५ वर्षीया औसिदेवि महत रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताए।

बस्तीमा पसेको नदीको पानीले ती वृद्धालाई बगाएको प्रहरीले जनाएको छ। घाघरका १३ घर पूर्ण रूपमा क्षति भएको बताउँदै एसएसपी सिंहले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताए।

त्यस्तै बाजुराकै गौमुल नगरपालिका २ का १० घरका स्थानीयलाई समेत सुरक्षित स्थानमा सारिएको छ। बर्षाका कारण एक महीनादेखी अबरुद्ध साफे–मार्तडी सडक अझै सञ्‍चालन हुन सकेको छैन ।

त्यस्तै जयपृथ्वी राजमार्ग समेत अवरुद्ध छ। उक्त राजमार्गको विभिन्‍न स्थानमा पहिरो गएको छ भने सेती नदीले समेत सडक कटान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...