अंगरक्षकलाई कोरोना भएपछि नेकपा महासचिव पौडेल बसे होम आइसोलेसनमा

Bishnu paudel

काठमाडौं । पछिल्लोपटक राजनीतिक पार्टीका शीर्ष तहका नेताहरुको अंग रक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि नेताहरु भेटघाट बन्द गरी घरमै आइसोलेसनमा बस्न थालेका छन् ।

अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेकपा महासचिव विष्णु पौडेल भेटघाट बन्द गरेर घरमै आइसोलेसनमा बसेका छन् ।

पौडेलसहित उनका अंगरक्षकको शुक्रबार स्वाब संकलन गरिएको थियो । आइतबार आएको रिपोर्टमा पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो । आफ्नो रिपोर्ट नेगेटिभ आए पनि अंगरक्षकसँगै हिँडेको हुँदा आफू आइसोलेसनमा बसेको महासचिव पौडेलले बताए ।

रिपोर्ट आएपछि पौडेलका पीएसओ हस्पिटल गएका छन् भने पौडेल सबै भेटघाट बन्द गरेर घरमा बसेका छन् ।

‘शुक्रबार पीसीआर टेस्ट गरेका थियौं । हामी सबैको रिपोर्ट नेगेटिभ आयो । तर पीएसओको रिपोर्ट पोजिटिभ आयो’ पोडेलले भने, ‘रिपोर्ट आउनुअगाडि हामीसँगै एउटै गाडीमा हिँडिरहेका थियौं । रिपोर्ट आइतबार दिउँसो आयो । त्यसकारण म आइसोलेनमा बसेको छु ।’

यसअघि अध्यक्ष दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि निवासमै छन् । तर, दाहालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । यद्यपि पुनः परीक्षण हुने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...