बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

Kalikot pahiro 20200730090125

बाजुरा । गौमुल गाउँपालिका–४ डाँडाबाडा भैंसी छानाको माथिबाट पहिरो खस्दा एक बालकको मृत्यु भएको छ। आइतबार बिहान सुतिरहेको बेला पहिरो खस्दा १२ वर्षीय अनिश विकको मृत्यु भएको स्थानीय गोरख विकले जानकारी दिए।

पहिरोमा परेर स्थानीय ६० वर्षीय भिके कामी गम्भीर घाइते भएको उनले बताए। घाइते कामीको कम्मर र हात खुट्टामा चोट लागेको छ। १० हजार बढी नगद र अन्य लत्ता कपडासमेत पहिरोमा पुरिएको छ।

प्रहरी टोली बिहान खबर आउने बित्तिकै प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराई नेतृत्वको टोली घटनास्थलतर्फ हिँडिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नावय उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।

स्थानीयसमेत नभएको र एकान्त लेकमा भएका कारण उद्दारको लागि समस्या भएको छ। घटनास्थलमा गई तत्काल राहत र उद्दार कार्यमा जुट्न जनप्रतिनिधिहरु र स्थानीयलाई गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले आग्रह गरेका छन्। पहिरोमा परेर ४ बाख्रा र एक गोरु मरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...