लमजुङका ३९ घरमा बाढीपहिरोले पूर्ण क्षति पुर्‍यायो

Pahiro 26

लमुजुङ । अविरल वर्षाका कारण गएको बाढी पहिरोले लमजुङका ३९ घर पूर्ण क्षति भएका छन्। बाढीपहिरोले जिल्लाका आठ वटै स्थानीय तहमा क्षति पुर्‍याए पनि सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

हालसम्म प्राप्त तथ्यांकअनुसार दूधपोखरी गाउँपालिकाका ६ घर, राइनास, बेंसीशहर मध्यनेपाल नगरपालिकाका २÷२ घर पूर्ण क्षति भएका छन्। त्यस्तै सुन्दरबजार नगरपालिका, दोर्दी र क्व्होलासोंथर गाउँपालिकाका एकएक घर पूर्ण क्षति भएका समितिले जनाएको छ।

वडा कार्यालय र प्रहरी मुचुल्कासमेत प्राप्त पूर्ण क्षति भएको घरहरूको सो विवरण गण्डकी गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

समितिले स्थानीय तहहरूलाई एक साताभित्र ०७६÷७७ को स्थानीय विपद् व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन बुझाउनसमेत अनुरोध गरेको छ।

 

प्रतिकृया दिनुहोस