काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल, अन्य क्षेत्रमा पनि सित गर्ने तयारी

Shil logo

काठमाडौं । एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।

कतिपय स्थानहरुमा यसअघि नै कोरोना संक्रमण समुदायमा फैलिएपछि त्रासका कारण लकडाउन नै गरिएको छ ।

संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् । त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको थियो ।

गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको काठमाडौं महानगरपालिका वडा नं। ५ का अध्यक्ष रमेश डंगोलले जानकारी दिए ।

उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो । काठमाडौं उपत्यकामा एउटै परिवारका सात जनासहित १ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले उपत्यकामा शुक्रबार एकै दिन अहिलेसम्मकै सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

काठमाडौंका महाबौद्ध, असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड सर्वसाधारणको बढी चाप हुने क्षेत्र हुन् ।  कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा १०र१० जना संक्रमित पाइएको छ ।

घट्टेकुलोमा भेटिएका संक्रमित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक उच्च अधिकारीको परिवारका हुन्  । कालीमाटी, बागबजार र सामाखुसी उपत्यका बाहिरबाट आएका मानिसको बढी चहलपहल हुने स्थान हुन्  ।

घट्टेकुलो, पुतलीसडक, बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, सीतापाइला तथा ताल्छीखेलमा ५/५ जना संक्रमित फेला परेका छन् । बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा ४/४ जना संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा ३र३ जनामा संक्रमण देखिएको छ । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायत स्थानमा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

वनस्थली, टेकु र टंगाल क्षेत्रका आठ जनामा संक्रमण पुष्टि भएको छ । बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७/७ जना संक्रमित फेला परेका छन् । असनमा मात्रै ६ संक्रमित फेला परेका छन्  । बिजुली बजार क्षेत्रमा पनि ६ संक्रमित पाइएको छ  । ललितपुरको सानेपामा ९ जना संक्रमित फेला परेका छन्  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...