रोनाल्डोले गरे ७ सय गोल

Ronaldo 9vnezxxywd

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७०० औं गोल गरेका छन् । रोनाल्डोले इतिहास बनाएको खेलमा पोर्चुगल भने पराजित भयो । ३४ वर्षीय रोनाल्डोले पेनल्टीमार्फत् एक गोल गरे ।

रोनाल्डोले करिअरको ७०० गोल पुरा गर्दा ९७३ खेल खेले । रोनाल्डोले ७ सय गोल पुरा गरेसँगै उनी जोसेफ विकान, रोमारियो, पेले, फ्रेन्च पुस्कार, गर्ड मुलरपछि सर्वाधिक गोल गर्ने खेलाडी बने । युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोली युक्रेनसँग २–१ ले पराजित हुँदा रोनाल्डोले ७ सयौं गोल पुरा गरेका हुन् ।

युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे । पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट हुन सफल भएको छ ।

युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ । छनोट नजिक रहेको पोर्चुगल अब छनोटका लागि भने अर्को खेलसम्म पर्खनु पर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...