प्रचण्ड निवासमा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण

Prachanda new house  7 wrm6fbuyyo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ ।

बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए ।

६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेकपा अध्यक्ष प्रचण्डले आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिन सचिवालय र आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस