लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

Nepal rastar bank

काठमाडौँ । कोरोना स।क्रमण फैलन नदिन गरिएको लकडाउन पछि २२.५ प्रतिशत कर्मचारीहरुले रोजगारी गुमाएको अध्ययनले देखाएको छ ।

कोभिड पछिको असरबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैंकले उद्योगरव्यवसायहरुले २२.५ प्रतिशत कर्मचारी÷कामदार कटौती गरेको जानकारी दिएको हो ।

अध्ययन प्रतिवेदनका अनुसार कटौती भएका मध्ये अस्थायीरकरारका कामदार दुई तिहाइभन्दा धेरैरहेका छन् ।होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार अवधिमा घरेलु उद्योग र लघु उद्यमरसाना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।

प्रतिकृया दिनुहोस