सीको स्वागतमा राखिएका ब्यानर च्याच्ने २ जना पक्राउ, सुरक्षा व्यवस्थामा कडाई

Xi bhraman banner

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातिएको छ । बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको हो ।

प्रहरीले च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् । सीको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको छ । उनीहरु दुबैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

यसअघि पनि प्रहरीले सीको स्वागतमा भइरहेको तयारी विथोल्न खोज्ने ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोधपुछ गरी छाडिएको थियो । सी भ्रमण नजिकिँदै गर्दा सुरक्षा सतर्कता बढाइएको छ भने खासगरी तिब्बती शरणार्थीमाथिको निगरानी बढाइएको छ ।

सरकारले सीको सुरक्षाका लागि चार घेराको सुरक्षा प्रबन्ध गरेको छ । जसमा सबैभन्दा अगाडि सेना र त्यसपछि क्रमैसँग सशस्त्र प्रहरी, नेपाल प्रहरी र गुप्तचरको टोली रहने प्रहरीले जनाएको छ ।

यही असोज २५ गते शनिबार चिनियाँ राष्ट्रपति सि नेपाल भ्रमणमा आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सी नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सिको भ्रमणको तयारीस्वरुप सरकारले चोकचोकमा उनको स्वागतका लागि ब्यानरहरु राखेको छ । सरसफाई गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...