उत्तरी सिरियामा सैन्य कारबाही तीव्र

Uttari siria attackf

एजेन्सी । टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही तीव्र पारिएको छ । उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण शुरु गरेको छ ।

टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन् । टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो ।

अन्तर्राष्ट्रिय क्षेत्रबाट निन्दा
अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठीक भन्दै आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ। अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको ठानिएको छ ।

बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेको थियो । रस अल–ऐन र तल अब्याद नगरका बासिन्दा त्यहाँबाट भागिरहेका छन् ।

बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ। सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो । टर्कीले सैन्य निशानामा मात्र आक्रमण गरेको बताएको छ । तर एक पर्यवेक्षक समूहले भने कम्तीमा १० जना गैरसैनिक मारिएको बताएको छ ।

टर्कीको हमलाको पश्चिमा मुलुकहरूले निन्दा गरेका छन्। फ्रान्स, जर्मनी तथा ब्रिटेनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन् ।

ब्रिटिश विदेशमन्त्रीले हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् । हमलाले सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टने जोखिम भएको उनले बताएका छन् ।

यसबीच लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा उनको आलोचना गरेका छन् ।

अब कुर्दले के गर्लान् ?
अमेरिकाको साथ मिलेर त्यहाँ सिरियाली सरकार एवं इस्लामिक स्टेट आइएसविरुद्ध लडेको सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफको मुख्य हिस्सा कुर्द फौजले टर्कीको आक्रमणको प्रतिकार गर्ने बताएका छन् ।

उनीहरूको नियन्त्रणमा रहेका क्षेत्रमा कुर्दहरूले सञ्चालन गरेका बन्दीगृहहरूमा हजारौँ आइएस लडाकू एवं तिनका परिवार कैद छन् ।

स्थल आक्रमण भएको खण्डमा कुर्द फौजले ती बन्दीलाई सुरक्षित कैदमा राखिरहने छन् वा छाडेर जाने छन् भन्ने प्रस्ट छैन । बीबीसीबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...