सी जिनपिङको स्वागतमा जुट्यो सरकार, भोली ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने

Xi nepal vraman

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउँदैछन् । सीको भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका छन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा नेपालले उठाउने एजेण्डाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारपूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग परामर्श गर्ने भएका हुन् । यो छलफलमा सीको भ्रमण तयारी र एजेण्डाबारे छलफल हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि उनी यही २५ गते नेपाल आउन लागेका हुन् । चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो । सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेपछि चीनबाट यो स्तरको भ्रमण भएको थिएन ।

सीले अघिल्लो कार्यकालमा नेपाल भ्रमण गरेनन् । सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्ने र टुँडिखेलमा राजकीय सम्मानको सलामी दिने तयारी भइरहेको छ ।

सीले आफूलाई आवश्यक पर्ने सवारी साधान आफैं लिएर आउने छन् । उनका सुरक्षाकर्मी पनि काठमाडौंमा रहने छन् भने नेपाली सेनाको नेतृत्वमा सुरक्षा दिइने बताइएको छ । सी दक्षिण भारतमा एक रात बिताउने छन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्नेछन् ।

चेन्नाईबाट ६५ किलोमिटर टाढा रहेको ममल्लिपुरममा डुंगा सयर गर्दै हुने अनौपचारिक वार्तालाई ‘उहान दोस्रो’ भनिएको छ । त्यसमा भारत र चीनको मात्र नभएर दक्षिण एसियाको विषयमा पनि छलफल हुनेछ ।

चिनियाँ सी आउने भएपछि काठमाडौंका मुख्य सडक फेरिएका छन् । उनको स्वागतका लागि रातारात काठमाडौंका स्वरूप फेरिएको हो । उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानहरू सजाइँदै छ ।

उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुंग उडेको देखिने सडकहरू चिल्लो पारिएको छ । झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ । जमिनमा हरियो दुबो बिच्छ्याइएको छ । बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरहरूले छोपिएको छ । खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन् ।

राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गरेका छन् । वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिने छ । सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...