फेरि बद्लियो मौसम : पानी पर्ने र बाढी आउने सम्भावना

Weather news

 

काठमाडौं । दसैंको दोस्रो दिन, आज पनि मौसमले साथ नदिने भएको छ । अर्थात्, आज पनि देशका धेरै ठाउँको मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

काठमाडौं उपत्यकासहित मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने भएकाले दशैँको टीका लगाउन जाँदा सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् । केही नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काइ र कमला नदीमा पानीको बहाव बढ्ने महाशाखाको भनाइ छ । इलाम, झापा, मोरङ सुनसरी, धनकुटा, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, सिन्धुपाल्चोक धादिङ, गोरखा, कास्की तनहुँ र स्याङ्जालगायत ठाउँका नदी र खोलामा पनि बाढी आउने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२२, बिहान ६:०० बजे) 

मौसम विश्लेषण) Meteorological Analysis):

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना छ ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशको पुर्वी भुभाग लगायन मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

असोज २२ गते (बुधवार)

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २३ गते (बिहिबार)

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |

असोज २४ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राती: देशको पहाडी भुभागमा आंसिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशभर आंशिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउनुहोला।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...