दसैंमा टीका लगाइदिँदा कस्तो आशीष दिइन्छ ?

Tika aasirbad

काठमाडौं । दसैंका बेला आफुभन्दा ठूला मान्यजनको हातबाट टीका ग्रहणसँगै आशिर्वाद लिने चलन छ । टीका लगाइदा नै मान्यजनहरुले विभिन्न प्रकारले आशिर्वाद दिने चलन छ ।

मान्यजनले यही आर्शिवाद दिन्छन् भन्ने छैन । खासमा दसैंको टीका लगाइदा यो आशिर्वाद दिइन्छ ।

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे॥
…………………
ॐ जयंती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।

तर, सबै मान्यजनले यो आशीष दिन्छन् भन्ने छैन । सबैले यो आशीष जानेका पनि हुँदैनन । त्यही भएर कतिपय मान्यजनले ‘ठूलो मान्छे बन्नु’ ‘सोचेको पूरा होस्’, ‘हिड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्’, ‘कसैसँग मागेर खान नपरोस्’ जस्ता आशीष दिने चलन छ । जे जसरी आशीष दिए पनि दसैंमा आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नु श्रेयकर मानिन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यौनसम्पर्क गरेपछि पैसा नदिँदा यौनकर्मीले ट्रक चालकको लिङ्ग काटिदिइन्

Sex

काठमाडौँ । चालकले राजमार्गमा ट्रक रोक्छन् । यौनकर्मीलाई चढाउँछन् । दुवैबीच सम्पर्क हुन्छ । चालकसँ...