भारतमा भारी बर्षाका कारण एक सय बढीको मृत्यु

I3m6fwcn9yjj1bbwmk6o

नयाँ दिल्ली । भारतको बिभिन्न शहरमा भारी बर्षापछि आएको बाढीमा परि एक सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेश, बिहार र पटना बाढीबाट नराम्ररी प्रभावित भएको छन् । बाढीले शहरका थुप्रै  घरहरु भत्केका छन् भने बाढी अस्पताल र घरमा पस्दा जनजीवन प्रभावित भएको छ ।

बाढीकै कारण  अधिकांश स्कूल तथा कलेजहरु बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध बनेको छ । बाटोमा पानी जमेकाले त्यहाँका सर्वसाधारण स–साना डुंगा प्रयोग गरी आवतजावत गरिरहेका छन् । विहारको विभिन्न क्षेत्र र राजधानी पटनामा चारदिनदेखि लगातार बर्षा भइरहेको बताइएको छ ।

भारतको कर्नाटक र केरलामा मात्रे २८ जनाको मृत्यु भएको थियो ।  बाढी प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा बर्षेनी बाढीबाट सयौंको ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...