नेपाली जनसम्पर्क समितिको कायक्रममा शेखर कोइरालाले भने, डेमोक्रेसी मान्नु पर्दैन ?

News janasamparka samiti usa

न्युयोर्क (अमेरिका) । केही समयअघि मात्रै पुनर्गठन भएको नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति अमेरिकाले आफ्ना गतिविधि तीव्र बनाउन थालेको छ । यसै क्रममा दुई दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

लामो समयसम्म अध्यक्ष रहेका आनन्द विष्ट (गोरख) लाई बर्खास्त गरी बनेको नयाँ कार्य समितिले आफ्नो गतिविधिलाई तीव्रता दिँदै जुममार्फत विभिन्न सार्वजनिक गरेका छन् ।

सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले सरकारले विदेशी नागरिकलाई नागरिकता दिएर देशलाई फिजी बनाउन खोजिरहेको आरोप लगाएका छन् । वामपन्थीले चलाएको वाम सरकारले भनेजस्तो काम गर्न नसक्दा जनता निरास बनेको पनि बताए ।

उनले नेपाली कांग्रेसको विषयमा आशन्न महाधिवेशनबाट अहिलेको नेतृत्वबाट पार्टी नचल्ने दावी गरे । उनले पार्टी नेतृत्व परिवर्तन जरुरी रहेकाले सहयोग गर्न अपिल पनि गरे । उनले विदेशमा रहेका जनसम्पर्क समितिहरुको अधिवेसन नगराएर पार्टी सभापति शेरबहादुर देउवाले ठूलो भुल गरेको आरोप लगाए ।

उनले निवर्तमान अध्यक्ष विष्टप्रति संकेत गर्दै विधिको शाषन नमान्नेलाई कसैले स्वीकार गर्न नसक्ने बताए । उनले डेमोक्रेटिक देशमा बसेर डेमोक्रेसी नमान्ने शैली सही नभएको बताए । उनले पार्टीलाई बलियो बनाउन सबै पक्षबीच स्वतन्त्र रुपमा छलफल गरिनुपर्ने बताए ।

नेपाली जनसम्पर्क समितिका सभापति धनञ्जय नरसिह केसीको सभापतित्वमा सोमबार भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, प्रमोद सिटौला, मुक्ति पन्त लगायतले बोलेका थिए । 

प्रतिकृया दिनुहोस