कस्तो आसनले यौनसम्पर्क गर्दा दोब्बर आनन्द लिन सकिन्छ

1563708514.sex

काठमाडौँ । यौन क्रीडा तथा आसन गर्दा यौन जोडीबीच एकले अर्कोको बानी, व्यवहार, मनोभाव, सामाजिक स्थिति तथा शारीरिक स्वास्थ्य जान्न अत्यन्त जरुरी छ ।

उचाइअनुसार यौनाङ्गको आकार र लम्बाइ हुने भएकाले सकेसम्म यौन जोडीबीच तौल र उचाइको समानता भएको राम्रो । पुरुष अग्लो र महिला होचो भएमा पुरुषको लिंग लामो हुने भएकाले महिलाको यौनांगको बाटो भएर सर्भिक्समा लिंगको टुप्पो ठोकिने भएकाले सर्भिक्सको सोथ ९रातो, तातो, दुख्ने, सुन्निने० जोखिम हुन्छ । यौन आसन गर्न नजान्दा पुरुषको लिंगको टाउकोमा घस्रिएर सोथ हुने सम्भावना हुन्छ । 

पुरुषलाई यौन आसनको राम्रो ज्ञान नहुँदा अण्डकोषमा चोट लागेर सोथ हुने सम्भावना अत्यधिक हुन्छ । यौन आसनले महिलाको पाठेघर, डिम्बनली तथा डिम्बासय र डिम्बमा भने असर हुँदैन । 

उत्तानो तथा घोप्टो आसन
महिला उत्तानो परेर तल र पुरुष घोप्टो परेरर यो आसनमा यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन जोडीले आँखा जुधाएर यौन सम्पर्क गर्छन् । यो धेरै चल्तीको आसन हो । यो धेरै सजिलो र पुरुषलाई आरामदायी हुने आसन हो । पुरुषले आफ्नो क्षमता र शक्तिअनुसार बल लगाएर यौन सम्पर्क गर्छन् ।

सामान्यतः यो आसनमा पुरुष सक्रिय र महिला निस्क्रिय हुन्छन् । महिला सक्रिय हुने मौका पनि पाउँछन् । यो आसनमा पुरुषको बढी शक्ति खर्च हुन्छ । यस आसनमा यौन सम्पर्क गर्दा पुरुषको विस्तारै शक्ति क्षीण हुँदै जान्छ । 

पुरुष उत्तानो–महिला घोप्टो 

यस आसनलाई काउगर्ल आसन पनि भनिन्छ । यस आसनमा पनि यौन जोडीले आँखा जुधाएर यौन सम्पर्क गर्छन् । यो आसनलाई एक हिसाबले विपरीत आसन पनि भनिन्छ । यस आसनमा महिला सक्रिय र पुरुष निष्क्रिय हुन्छन् । यो आसन विशेषगरी जवान महिला र प्रौढ पुरुषका लागि उत्तम आसन हो ।

यस आसनमा महिलाको शक्ति क्षीण हुन्छ । यो यौन आसन अत्यधिक प्रयोगमा आउने आसनहरुमध्येको हो । अभ्यासको हिसाबले दोस्रो नम्बरमा पर्छ । पुरुष उत्तानो परेर महिला घोप्टो पर्ने आसनमा पुरुषलाई भन्दा महिलालाई बढी आनन्ददायी हुन्छ । 

उभिएर गर्ने आसन
दुवै यौन जोडी उभिएर गर्ने यो यौन आसनलाई स्ट्यान्डिङ आसन पनि भनिन्छ । उभिएर यौन सम्पर्क गर्ने यो आसन जो बढी शक्तिशाली र सक्षम छ, उसले गर्छ । यौन क्रीडाका लागि युवा युवतीमा शक्तिको होडबाजी चल्दा पनि गरिन्छ । यो आसनमा यौन जोडीबीच शक्तिको होडबाजी चल्न सक्छ । 

यो आसनमा को सक्रिय र को निस्क्रिय भन्ने कुरा व्यक्तिको बानी व्यवहारले यौन जोडीबीच एकअर्कोलाई जाँच्ने मौका पाउँछ । यौन जोडीको एकआपसमा जाँघ, यौनाङ्ग तथा अनुहार जुधेको हुन्छ । यो आसनमा पनि यौन जोडीले यौनान्द लिन सक्छन् । 

डगी
महिलाको पछाडिबाट यौन सम्पर्क गर्ने आसनलाई डगी आसन पनि भनिन्छ । यस आसनलाई नेपालीमा कुकुरे आसन भनिन्छ । यस आसनमा महिला जनावरजस्तै चार हातपाउ टेक्छन् । पुरुषले उभिएर महिलाको पछाडिबाट यौन सम्पर्क गर्ने गर्छन् । यो प्रायः चार खुट्टे जनावरले गर्ने आसन हो ।

मानिसमा पनि यो आसनमा यौन सम्पर्क हुन्छ । यस आसनमा पनि पुरुष शारीरिक तथा मानसिक रुपमा सक्रिय हुन्छन् भने महिलाको भूमिका भने निष्क्रिय हुन्छ । चौपायाले गर्ने आसन भएकाले मानिसमा पनि यो आसनका बारेमा कौतुहलता हुनु स्वभाविकै हो । यो आसन वातावरण तथा सामाजिक सिकाइको आसन हो । यो आसनमा यौन जोडीलाई भरपूर सन्तुष्टि मिल्छ ।

यस डगी आसनमा यौन जोडी बीचको उचाइ हाइट नमिलेको खण्डमा समस्या हुन सक्छ । उचाइ नमिलेको खण्डमा पुरुषको लिंगको टुप्पो महिलाको यौनाङ्गको सर्भिक्समा ठोकिएर सर्भिक्स सोथ ९दुख्ने, पोल्ने, सुन्निने० हुने जोखिम हुन्छ । त्यसैले यो आसन गर्दा यौनाङ्गमा समस्या हुने जोखिम हुनाले विचार पुर्याउनु पर्छ । 

जाँघमा राखेर गर्ने आसन
यो यौन अभ्यास पनि निकै प्रचलित आसन हो । यसमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । शक्ति खर्चको हिसाबले पुरुषको शक्ति कम हुँदै जान्छ । महिलाको शक्तिमा भने धेरै परिवर्तन हुँदैन । यस आसनमा यौन जोडी बीचको  यौन क्रीडामा पूर्णरुपमा सन्तुष्टि मिल्छ ।

यो आसनमा पुरुषले महिलालाई काखमा राखेर यौन सम्पर्क गरिन्छ । यो आसनमा यौन सम्पर्क गर्दा कुर्सी, टेबल, खाट, भुईँ लगायतका ठाउँमा गर्न सकिन्छ । यस आसनमा यौन जोडी स्वस्थ भएको अवस्थामा यौनाङ्गमा भने सामान्यतः समस्या हुँदैन । 

महिला घोप्टे पर्ने आसन

महिला घोप्टो परेर सुतेर पुरुष घोप्टो परेर गरिने आसन हो यो । जसलाई घोप्टो आसन पनि भनिन्छ । यस आसनमा अधिकांश महिला घोप्टो पर्छन् भने पुरुष पनि महिलामाथि घोप्टो परेर यौन सम्पर्क गर्छन् ।

यस आसनमा पुरुष सक्रिय र महिला निष्क्रिय हुन्छन् । यो पनि चलनचल्तीको आसन हो । यस आसनमा पुरुष मानसिक रुपमा सक्रिय हुन्छन् भने महिला भने अधिकांश सामान्य हुन्छन् । यो पुरुष बढी सक्रिय हुने आसन हो । 

यी सबै आसनमा डिम्ब र शुक्रकीट निषेचित हुने सम्भावना बराबर हुन्छ । बाँझोपनको खतरा हुँदैन । यी सबै आसनमा यौन र यौन क्रीडा गर्दा अनिवार्य रुपमा १५ मिनेटदेखि एक घण्टा आराम गर्नु जरुरत हुन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...