रद्द भएको शिक्षक लाइलेन्ससको पुनः परीक्षाको मिति तय

Teacher

भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । कात्तिक २३ गते परीक्षा सञ्चालन गर्ने गरी शिक्षक सेवा आयोगले उक्त परीक्षा रद्द गर्ने निर्णय गरेको हो । परीक्षा हुने समय र स्थान पछि सार्वजनिक गर्ने आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिनुभयो ।

समयमै थाहा पाएकाले समाधान गरिएको दावी गर्दै आयोगले शुरुमा परीक्षा रद्द नहुने बताएको थियो । तर उक्त घटनाले परीक्षाकै मर्यादामा आँच आएको भन्दै आलोचना बढे पछि आईतबार बसेको आयोगको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

आयोगको मुख्य काम नै मर्या्दित र विश्वसनीय रुपमा परीक्षा सञ्चालन गर्नु तथा योग्य उम्मेद्वार छनौट गर्नु रहेकोले त्यसमा सम्झौता गर्ने कुरै नआउने भन्दै गौतमले छलफलमा रहेका अन्य विकल्पलाई छाडेर रद्द गर्ने निर्णय गरेको बताउनुभयो ।

आयोगको लापरवाहीका कारण उक्त विषयको समूह ‘घ’ को बस्तुगत तर्फको प्रश्न पत्रमै उत्तर समेत सार्वजनिक भएको थियो । ५२ जिल्लाका ३ सय १ परीक्षा केन्द्र मध्ये शुक्रबारको अँग्रेजीका लागि ८२ वटा केन्द्रमा झण्डै १३ हजार ७ सय परीक्षार्थी सहभागी थिए ।

यी मध्ये उक्त त्रुटीका कारण करीव ३ हजार जति परीक्षार्थीलाई मात्रै प्रभाव पर्ने गौतमले दावी गर्दै आएका थिए । सबै केन्द्रमा फेरी परीक्षा गर्ने गरी शुक्रबारको परीक्षा रद्द गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...