सर्वोच्चद्वारा शुक्रबारको अध्यापन अनुमतिपत्र परीक्षा रोक्न अस्वीकार

Sc court

काठमाडौँ । सर्वोच्च अदालतले असोज १० गते शुक्रबारका लागि तय गरिएको माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षा रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गरेको हो ।

यससँगै शुक्रबार अध्यापन अनुमतिपत्रको परीक्षा सञ्चालन हुने छ । उत्प्रेषणयुक्त परमादेश, प्रतिषेधको माग गर्दै पुष्पप्रसाद न्यौपाने, सम्डु शेर्पा, केशव शर्मा घिमिरे, भूपबहादुर केसी, सुरेशकुमार हमाल र सुन्दर केसीले साउन २८ गते सर्वोच्चमा रिट दायर गरेको थिए ।

शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विभाग, शिक्षक सेवा आयोगलाई विपक्षी बनाइ रिट दायर भएको थियो ।

रिटमा निवेदकहरूले आयोगले प्रकाशन गरेको सूचनाले आफूले अध्ययन नै नगरेको विषयमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएकाले उक्त सूचना गैरन्यायिक भएको र विषयगत परीक्षा दिने एवं प्रतिस्पर्धा गर्न पाउने कानुनी एवं संवैधानिक हकमा समेत गम्भीर आघात पुर्‍याउने उल्लेख गर्दै उत्प्रेषणको आदेशानुसार परीक्षा बदरको आदेश दिन माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...