फेसबुक र टिकटकमा युवतीको मायाजाल, लाखौं रुपयाँ युवाबाट ठग्ने दुई युवती पक्राउ

Women arrsted

काठमाडौं । फेसबुक र टिकटकका माध्यमबाट लाखौं रकम ठगेको आरोपमा दुई युवती पक्राउ गरिएकाे छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ घर भई हाल भक्तपुर रोजभिलेज कोलोनीमा बस्दै आएकी २७ वर्षीय कोपिला शर्मा र बागलुङकै १९ वर्षीया अमिशा केसीलाई पक्राउ गरेको हो ।

उनीहरुले फेसबुक र टिकटक एपबाट युवाहरुलाई फलो गर्ने र आफू अमेरिकाको डीभी होल्डर भएको, क्यार्लिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठगेको पाइएको महाशाखाले जनाएको छ। उनीहरुले युवालाई मायाजालमा पारेर विभिन्‍न व्यक्तिसँग ६ लाख ६० हजार रुपैयाँ ठगेको खुलेको छ ।

उनीहरुले टिकटक र फेसबुकमा साथी बनाउने, फलो गर्ने त्यसपछि आफूहरु फ्यान भएको भन्दै सम्बन्ध अगाडि बढाउने गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले आफूहरु लकडाउनका कारण नेपालमै अल्झिएको बताउँदै विश्वास दिलाएर ठगेको पाइएको छ ।

यस्तै भक्तपुरकी एक युवतीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्दै एक लाख ६० हजार रुपैयाँसमेत ठगेको पाइएको छ । उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...