हत्यारा हात हल्लाउँदै निस्कनु असफल राज्यको लक्षण नभए के : डा. भट्टराई

Ukmkhiyy 400x400

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतका पछिल्ला दुई फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले श्रीमती हत्याको आरोप प्रमाणित भएर कैद सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी र बूढानीलकण्ठमा मदिराले मातेर मान्छे मारेका युवकको पक्षमा सर्वोच्चले गरेको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् ।

भट्टराईले श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला , सडकपेटीमा पैदल हिँडेदै गरेकी महिलालाई मदिराको नसामा गाडीले किचेर मार्ने पृथ्वी मल्लका पक्षमा सर्वोच्च गरेको फैसला र सांसद अपहरणको आरोप लागेका नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध मुद्दा नचलाएको उदाहरण पेस गर्दै प्रश्न गरेका छन्, “ यो असफल राज्यको लक्षण नभए के हो ?”

उनले ट्विटरमा लेखेका छन्, “पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ ! सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो ?”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...