चक्‍कु प्रहार गरी भाईले आफ्नै दाईको हत्या गरेर शव मकैबारीमा गाडेपछि

Maize plantation

रुकुम । रुकुममा भाइले आफ्नै दाइको हत्या गरेकाे छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ९ बस्ने ३४ वर्षीय भाइ भुपेन्द्र मल्लले आफ्नै दाइ ४५ वर्षीय दाइ हरिबहादुर मल्लकाे हत्या गरेका हुन् ।

घरमै हत्या गरेर बारीमा गाडेको अवस्थामा भन्ने पठान मल्लको शव फेला परेको हो । एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारीमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

हत्या गर्ने भाइकाे मानसिक सन्तुलन बिग्रीएकाे प्रहरीले जनाएकाे छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकाले घटना ढिला थाहा भएको हो । आफ्नै भाइले चक्‍कु प्रहार गरी दाइको हत्या गरेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न भुपेन्द्रलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

प्रतिकृया दिनुहोस