रामाराेशन गाउँपालिकामा बेथिति : नक्कली बिल बनाएर ५ लाख ९९ हजार भन्दा बढी झ्याम

Bhaskar antipathnews

अछाम । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदको संलग्नतामा भ्रष्टाचार भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले फिर्ता गर्न भनेको छ ।

विप्लव नेतृत्वको नेकपाको जिल्ला जनपरिषद् अछाम अन्तरगत गाउँजनपरिषद् रामारोशनले विज्ञप्ति जारी गर्दै भ्रष्टाचार रकम फिर्ता गर्न भनेको हो ।गाउँजनपरिषद् प्रमुख राकेशले विज्ञप्ति जारी गरेर गाउँपालिकाको वडा नं. ५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउँदा अध्यक्ष साउदको संलग्नतामा ५ लाख ९९ हजार बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ ।

प्राविधिक मूल्यांकन ८ लाख ६९ हजारको बिल उठाएको तर अध्यक्ष साउदको दवावमा १५ लाख ३० हजार रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै गाउँजनपरिषद् प्रखुम राकेशले ध्यानाकर्षण भएको बताएका छन् ।

“रामारोशन गाउँपालिका–५ स्थित निलकण्ठ माविको घेरा पर्खाल लगाउन गाउँपालिकाद्वारा आ.ब. २०७६÷७७ मा रु. १५,३०,००० ।– बजेट बिनियोजन गरिएकोमा जम्मा कामको करिब ३० प्रतिशत पनि काम पूरा नभई गाउँपालिका अध्यक्ष झंकर साउद ‘भाष्कर’को प्रत्यक्ष संलग्नता र दबाबमा प्राबिधिकको मूल्याकंन प्रतिबेदन र बिल भर्पाइ बिपरित सबै रकम भुक्तानी गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्राबिधिक मूल्यांकनअनुसार रु. ८,६९,४२२ को बिल भर्पाइ उठाइएकोमा गाउँपालिका अध्यक्षको दवावमा रु. ६१,२०१ कन्टिजेन्सी बाहेक रु. ५,९९,३७७ रुपैयाँ बढी भुक्तानी गराई भ्रष्टाचार गरिएको छ ।

यस गाउँपालिकाका अध्यक्ष साउदको बारेमा अनियमितता र भ्रष्टाचार सम्बन्धि बारम्बार जनताको गुनासो र खबरदारी रहेको कुरा पनि सर्वबिदितै छ” विज्ञप्तिमा भनिएको छ ।

प्रमुख राकेशले अध्यक्ष भाष्कर कमिसन र भ्रष्टाचारमा लिप्त रहेको भन्दै पदीय शक्तिको दुरुपयोग गरि जनताको रगत पसिनाले तिरेको कर र विभिन्न बिकासे आयोजनाहरुमा बदमासी गरिरहेकोले यस्तो क्रियाकलाप तुरुन्तै रोक्न, नाजायज रुपमा गरिएका भुक्तानी फिर्ता गर्न र जनताको अगाडि माफी माग्न समेत भनेका छन् ।

विज्ञप्तिमा राकेशले अख्तियर दुरुपयोग अनुसन्धान आयोगलाई उक्त अनियमिततासहित यस गाउँपालिकामा सन्चालित विभिन्न बिकासे आयोजनाहरुमा भइरहेको कमिसन, भ्रष्टाचार र अनियमितता छानबिनको लागि ध्यानाकर्षण समेत गराएका छन् ।

अध्यक्ष भास्करले भ्रष्टाचार र अनियमितता नरोके जनकारवाही गर्ने चेतावनी गाउँजनपरिषदले दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...