नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मर्नेको संख्या ४१ पुग्यो

Corona death

काठमाडौँ । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । महोत्तरीको ३ मडैका ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

सामान्य विरामी भएर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका महोत्तरीका ६५ वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको गए राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको यो ४१ औं निधन हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...