गोरखामा ट्राफिकले एक वर्षमा उठायो ७२ लाख राजस्व

Revenue collection 768x402

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत वर्ष ७२ लाख ७ हजार राजस्व संकलन गरेका छ । आर्थिक वर्ष २०७६/०७७ को असार मसान्तसम्म कारवाहीमा परेका १० हजार १५० सवारी साधनबाट उक्त रकम असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक मित्रलाल ढकालले बताए ।

आर्थिक वर्ष २०७५/०७६ भर्ने ७२ लाख ३० हजार राजस्व संकलन भएको थियो । सबै भन्दा धेरै २ हजार ९८३ मोटरसाइकल कारवाही परेका छन् । त्यसबाट २१ लाख ८९ हजार रकम असुली गरिएको उनले बताए । यसैगरी २ हजार २५७ कार जिपले कारवाही स्वरुप १६ लाख ५४ हजार ५०० राजस्व बुझाएका छन् ।

गत आर्थिक वर्षमा १ हजार ७४९ ट्याक्टर कारवाहीमा परेका छन् । जसबाट ११ लाख ८३ हजार रुपैयाँ प्राप्त भएको छ । सोही मात्रामा बस पनि कारवाहीमा परेको तथ्याङ्कले देखाएको छ । १ हजार ७५० बसबाट १३ लाख ३९ हजार ५०० राजस्व असुली भएको छ ।

लकडाउनको समयमा पनि उलेख्य मात्रमा सवारी साधन कारवाहीमा परेको ट्राफिकको तथ्याङ्कले देखाएको छ । असार महिनामा मात्र ६ सय सवारी साधनले ट्राफिक नियम मिचेपछि ४ लाख १ हजार ५०० रुपैयाँ जरिवाना वापत प्रहरीलाई बुझाएका छन् ।

जेठमा २५० सवारी साधनबाट १ लाख ८२ हजार, बैशाखमा ४०० सवारी साधनबाट २ लाख ८० हजार र लकडाउनको पहिलो महिना चैतमा ६०० सवारी कारवाहीमा पर्दा ४ लाख ६६ हजार ५०० राजस्व संकलन भएको थियो । गत वर्ष ८२ जना चालकले मापसे गरेर सवारी चलाएका पाइएको छ ।

ती मध्ये ३४ जनाको लाइसेन्स प्वाल पारिएको ट्राफिक प्रमुख ढकालले बताए । अरुसँग सवारी चालक अनुमती पत्र नरहेकोले जरिवाना तिराएर फेरी नचालाउने शर्तमा छोडिएको थियो । ‘गोरखाको समग्र रिर्पोट हेर्दा कारवाही धेरै भएको छ । राजस्व पनि धेरै उठेको देखिन्छ,’ ढकालले भने, ‘हामीले वर्ष भरी नै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं । जसले गर्दा गत वर्षको तुलनामा केही सुधार आएको छ ।’

विद्यार्थी कक्षा सञ्चालन, सामुदायिक सेवा केन्द्र मार्फत कक्षा सञ्चालन, चालकलाई कक्षा, अन्र्तक्रिया, पर्चा पम्पेट र पोस्टर वितरण गरी १ हजार ६६४ जनालाई सचेतना गराइएको उनले बताए ।

गत वर्ष जिल्लाभर जम्म १९ वटा दुर्घटना हुँदा ६ पूरुष र १ महिला गरी ७ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी १९ पुरुष, ८ महिला गरी २७ जना गम्भीर घाइते र १७ पुरुष र एक बालिका ८ महिला गरी २५ जना साधारण घाइते भएको ट्राफिक टिका शर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...