त्रिवि शिक्षण अस्पतालको खाताबाटै साढे १६ करोड गायब

Teaching hospital

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगन्जको बैंक खाताबाटै झन्डै साढे १६ करोड रुपैयाँ हराएको छ । अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा (मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक) ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो ।

सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ मौज्दात छ । बैंकमा १६ करोड ४४ लाख ८ हजार रुपैयाँ घटी देखिएको छ । घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन ग्लोबल बैंकमा २ करोड ६४ लाख ३८ हजार ऋणात्मक मौज्दात देखाएकोमा बैंक विवरण प्राप्त नभएकाले स्थिति जानकारी हुन नसकेको प्रतिवेदनमा जनाइएको छ । अस्पतालका निवर्तमान कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले ग्लोबलमा बैंकिङ कारोबार नगरिएको बताए। ‘खाता नभएको बैंकमा कसरी कारोबार हुन्छ र ?’, डा.खड्गाले भने ।

यसैगरी नेपाल बैंकमा पाँच खाता, नबिल बैंकमा एक खाता र हिमालयन बैंकको एक खाता राहत खातामा अस्पतालको स्रेस्ताअनुसार १ करोड ६२ लाख २० हजार मौज्दात थियो । तर, बैंकमा ११ लाख ७० हजार मात्र मौज्दात देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बैंकमा घटी मौज्दात देखिएको सम्बन्धमा छानबिन गरी उक्त रकम प्राप्त हुनुपर्ने सुझाव महालेखाले प्रतिवेदनमार्फत दिएको छ। ‘नाम लिइएका ती सबै बैंकमा अस्पतालको आर्थिक कारोबार नै हुँदैन । अस्पतालको खाता होइन जस्तो लाग्छ । धेरै पहिलाको विषय भएकोले मलाई यसबारे धेरै थाहा छैन’, खड्गाले भने भनेर यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।

यसैगरी अस्पतालले आयकर ऐन २०५८ बमोजिम भुक्तानीमा कर कट्टा गर्नुपर्नेमा ६ करोड ४१ लाख १ हजार रुपैयाँ कट्टी गरेको कर रकम दाखिला नगरी दायित्व देखाएको छ । उक्त रकम राजस्व खातामा दाखिला हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...