भोटेकोशी फुल्पिङकट्टीमा पहिरोले घर परिँदा एकै घरमा १ को मृत्यु, ४ जना वेपत्ता

Phulpingkatti pahiro 1

काठमाडौँ । अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परी १ जनाको मृत्यु भएको छ भने एकै घरका ४ जना वेपत्ता भएका छन् ।

आज विहान १ बजेर ३८ मिनेटमा घरमाथी रहेको कच्ची सडक खनेको डिल भत्किएर पहिरो आउँदा एउटा घर बगाएको थियो । पहिरोमा परि मुत्यु हुने र वेपत्ता हुने सबै एकै घरका आमा, छोरी, बुहारी नातीनीहरु रहेका छन् ।

जसमा पहिरोले ३५ बर्षीया निमा साङ्मु शेर्पाको मृत्यु भएको छ । ४० वर्षीय आमा सोम्बुटी शेर्पा, ४८ बर्षीया सेम्साङ शेर्पा, १६ बर्षीया याङ्जी शेर्पा र १२ बर्षीया छिरिङ ओङ्मु शेर्पा बेपत्ता भएका छन् ।

एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । पहिरोले नजिकै रहेको अर्को एक घरमा पनि क्षति पुगेको छ ।

स्थानीयका अनुसार राति पहिरो खसेको आवाजसँगै वरिपरिको बस्ती थर्किएको थियो । पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाउनुका साथै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ । ‘पहिरो आँखैअगाडि बाट भास्सिएर गयो, के हो भन्ने थाहा नपाउँदै भागेर बाँचियो,’ नोर्साङले भने ।

स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ता अन्यको पनि खोजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस