आजको मौसमः भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

Mansoon

काठमाडौँ । मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो मुलुकका अधिकांश प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आज दिउँसो र राति भारी वर्षाको सम्भावना छ । सुनकोशी र भोटेकोशी नदीमा अचानक बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

विभागको सिन्धुपाल्चोकस्थित बलेफी नदी जलविरे बाढी मापन केन्द्रका अनुसार एक्कासी जलसतह १ मिटर बढेर बाढी बढ्दो क्रममा रहेको छ । यस्तै सिन्धुपाल्चोकको बाह्रबीसेस्थित भोटेकोशी नदीमा पनि एक्कासी बाढी आएकाले ती नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन बाढी पूर्वानुमान महाशाखाले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस