प्रधानमन्त्रीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको शतप्रतिशत गलत समाचार

Kp 0li 1

काठमाडौं । ग्लोबल वाच एनालाइसिसले प्रकाशित गरेको प्रधानमन्त्री केपी शर्मा ओली बारेको समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । ओलीको स्वीस बैंकमा ५.५ बिलियन रहेको भनेर सार्बजनिक समाचार कपोकल्पित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा समाचारका नाममा प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र भएको उल्लेख गरिएको छ । ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारपूर्ण र बदनियतका साथ गरिरहेको अन्यन्त भ्रामक, गलत र चरित्र हत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, थापाले लेखेका छन् ।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र गर्ने अनेकन तथ्वहरु सक्रिय भएको पनि उल्लेख गरेका छन् । ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको शाहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्ता महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिनुरहनुभएको निकै संवेदनशील बेला बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरु सक्रिय रहेको प्रष्ट नै छ’, थापाले प्रेस नोटमा लेखेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...