कांग्रेसको जागरण अभियानमै आक्रमण, कांग्रेस सभापतिको भाँचियो हात 

Congress jagaran

नेपालगञ्ज । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेका बेला बाँकेको सीतापुरमा सत्तारुढ दलका कार्यकर्ताले आक्रमण गरेका छन् ।

सो आक्रमणमा परी बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँच्चिएको छ भने अरु केही सामान्य घाइते भएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तरगत खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा भएको अन्तरक्रिया कार्यक्रम भइरहेका बेला १३ जना युवा नेकपा छाडेर कांग्रेसमा प्रवेश गरेका थिए ।

कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख भनिएको छ, यति ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ ।’

कांग्रेसले घटनाको भत्र्सना गर्दै नदोहो¥याउन नेकपालाई चेतावनी दिएको छ । साथै आक्रमणकारीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

१४/१५ जनाको समूह प्रेवश गरेर ‘यो हाम्रो क्षेत्र हो, यहाँ कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै आक्रमण गरेको र त्यही क्रममा कोइरालाको हात भाँच्चिएको हो ।

गाउँपालिकामा भएको भ्रष्टाचारका विषय पनि उठेको थियो । त्यही कारण वडा नम्बर १ का वडाध्यक्ष सुुमन मल्लको निर्देशनमा राष्ट्रिय जागरण अभियान विथालिएको हुनसक्ने अनुमान गरिएको छ । ‘म बोल्दै थिएँ, उनीहरु सरासर आए’ केन्द्रीय प्रतिनिधि विद्या खनालले भने, ‘हातपात गर्ने, कुर्सी भाच्न थाले ।’ 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एक रातमा २० जनासँग यौनसम्पर्क

Safe image 1

काठमाडौँ । १९ वर्षिया सारा फोरस्ती, कामको शिलशिलामा एम्सटरड्याम गएकी थिइन् । त्यसपछि, उनको उत्तोप...