मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने, सतर्क रहन आग्रह

Weather nepal

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो केही ठाउँमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने भारी वर्षाको हुने सम्भावना रहेको छ । प्रदेश ५ का रुपन्देही र कपिलवस्तुमा भारी वर्षा हुने भएकाले साना खोलाहरुमा आकश्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशीमा पानीको बहाव सामान्य घटबढ हुने, नारायणीमा केही बढ्ने तर कोशी र नारायणीमा बहाव सतर्कता तह आसपास नै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तहभन्दा तलै हुने अनुमान गरिएको छ ।

त्यसैगरी आज विहान ३ः४५ बजेको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा रुपन्देही र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...