पाँच हजार कर्माचारीको नयाँ दरखास्त खोल्दै लोकसेवा आयोग

Loksewa aayog 1

काठमाडौं । सरकारले संघ (केन्द्र) का लागि तत्काल करिब ५ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोकसेवा आयोगले केन्द्र सरकारको मागबमोजिम असोजदेखि नै विज्ञापन गरी पदपूर्तिको प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

निजामती प्रशासनका ८० हजार र स्थानीय तहका ३४ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन प्रक्रिया सुरु गरेपछि केन्द्र सरकारले २०७४ देखि झन्डै दुई वर्ष कर्मचारी भर्ना रोकेको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ ।

समायोजन प्रक्रिया पूरा हुनासाथ केन्द्र सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्ने निर्णय गरी विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो । दुई वर्षपछि पदपूर्ति प्रक्रिया खुलेकाले केन्द्रका लागि खुला प्रतिस्पर्धाबाट एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश र स्थानीय तहमा रिक्त पदमा समेत एक वर्षभित्र थप ७ हजार कर्मचारी भर्ना गरिँदै छ । सात प्रदेश र स्थानीय तहमा भएका कर्मचारीको संख्या र बर्सेनि अवकाश हुने नियमित प्रक्रियाको विश्लेषण गर्दा एक वर्षमा उक्त संख्यामा कर्मचारीको पदपूर्ति हुने लोकसेवाका पूर्वपदाधिकारीहरूको अनुमान छ । सात प्रदेशमध्ये २ र ५ मा प्रादेशिक लोकसेवा आयोग गठन भइसकेका छन् ।

बाँकी प्रदेशसभाले प्रादेशिक लोकसेवा आयोग गठनसम्बन्धी ऐन पारित गरिसकेका छन्। प्रादेशिक लोकसेवा आयोग गठन भएको ढिलोमा ६ महिनामा आन्तरिक तयारी र गृहकार्य गरी कर्मचारी भर्ना प्रक्रिया थाल्न सक्ने अवस्था रहने ती अधिकारीहरूको विश्लेषण छ । आयोगले बर्सेनि सरदर ६ हजार कर्मचारी पदपूर्ति गर्दै आएको थियो ।

मुलुक संघीयतामा जानुअघि निजामती कर्मचारीको संख्या करिब ८० हजार हाराहारी थियो । संघीयता कार्यान्वयनमा गएपछि केन्द्र, प्रदेश र स्थानीय तहमा गरी कर्मचारीको कुल दरबन्दी १ लाख ३७ हजार ५ सय ७३ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...