पब्जी खेल्न नदिएपछि छोराले गरे आफ्नै बाबुको घाँटी रेटेर हत्या

काठमाडौँ । आफूलाई पब्जी खेल्न रोकेको आक्रोशमा एक युवाले बुबाको घाँटी रेटेर हत्या गरेका छन् । भारतको दक्षिणी राज्य कर्नाटकको बेलगावी जिल्लाका एक २१ वर्षीय युवकलले आफ्नै पिताको शिर काटेर हत्या गरेका हुन् ।
पब्जीमा आदत लागिसकेका रघुवीर कुम्भर नामका ती युवकले बुबाले आफूलाई पब्जी खेल्न रोकेपछि बुबा शेखरप्पा रेवप्पा कुम्भरको शिर काटेर हत्या गरेका हुन् । छोराको पब्जी खेल्ने बानीले पढाइमा असर गरेको भन्दै उनका पिताले उनलाई सो खेलका लागि रोक लगाएका थिए ।
बेलगावीका पुलिस कमिसनर लोकेस कुमारले भनेका छन्, ‘ती युवकलाई मोबाइल खेलको लत लागिसकेको थियो। उनी चाहन्थे कि उनका बाबुले मोबाईल रिचार्ज गरुन् जसकारण उनी सो खेल खेल्न सकुन् ।’ पब्जी खेल्ने र नखेल्ने विषयमा दुई बाबुछोराबीच झगडा भएको थियो। बुबासँग झगडा भएपछि ती युवाले आमालाई बाहिर पठाएर पहिले बाबुको खुट्टा काटेका थिए ।
त्यसपछि उनले धारिलो हतियार प्रयोग गरेर बुबाको शिर छिनालेका थिए । बुबाको हत्या भएको देखेपछि ती युवककी आमा चिच्चाउँदै बाहिर नेस्केर छिमेकीसँग गुहार मागेकी थिइन्। छिमेकीले प्रहरीलाई बोलाएर ती युवकलाई पक्राउ गराएका थिए।
प्रतिकृया दिनुहोस