नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममा कुटाकुट

शपथ अनिश्चितकालका लागि स्थगित

Saptari

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको छ । एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेता–कार्यकर्ता घाइते भएका छन् । घाइते मध्ये एक जनाको टाउको नै फुटेको छ ।

बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ । शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगावै नेता–कार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका छन् ।

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो । असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन् ।

असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ । झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ । उनी प्रदेश कमिटि सदस्य हुन् । यस्तै सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ । नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन् ।

जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो ।

यो विवादको समाधान नगरी शपथ ग्रहण गराउन लागेकाले नेतारकार्यकर्ताहरु यसअघि नै असन्तुष्ट बनेका थिए । पूर्व मन्त्री उमेश यादवले नेताहरुले आफ्ना चालक, भान्सेलाई पनि सदस्य बनाई पदाधिकारी बनाएको बताएका छन् ।

नेकपाको प्रदेश २ का ६ जिल्लाको शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । महोत्तरीको वर्दिवासमा सपथको सम्पूर्ण तयारी पूरा भइसकेको बेला स्थगित भएको नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

पुरुषको लिंग किन सधैं उत्तेजित हुँदैन ? यस्तो छ कारण

Purush ling

काठमाडौं । शारीरिक सम्बन्ध कायम गर्ने रहर जुनसुकै उमेरका मानिसमा हुन्छ । उमेर जतिसुकै पाको भए पनि...