यातायात व्यवसायीले माग पुरा नभएसम्म गाडी नचलाउने निर्णय

Gadiii

नेपाल यातायात राष्ट्रिय महासंघले माग पुरा नभएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने निणर्य गरेको छ। महासंघको शुक्रबार बसेको बैठकले आफ्ना माग सम्बोधन भएपश्चात मात्रै सवारी साधन चलाउने निर्णय गरेको हो।

सरकारले छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि एकतर्फी निर्णय गरेको भन्दै यातायात व्यवसायीले गाडी सञ्चालन नगर्ने जनाएका छन्।

‘हामीले सरकारसँग हाम्रा माग राखेका छौं। हाम्रा माग पुरा भएमात्रै गाडी चलाउने निर्णय गरेका छौं,’ महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले नेपालखबरसंँग भने ‘हाम्रो किस्ता के गर्ने, व्याजदर के हुने, स्वास्थ्य मापदण्ड लगाएतका माग पुरा भएमात्रै गाडी सञ्चालन गर्ने निर्णय गरेका छौं।’

महासंघले साढे ३ महिनादेखी गाडी थन्काउँदा मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था नभएको बताएकाे छ। गाडी सञ्चालन हुने वित्तिकै किस्ता तिर्न पनि नसकिने महासंघकाे भनाई छ। यता, सार्वजनिक यातायात केन्द्रीय महासंघले पनि ५ बुँदे माग पुरा नभएसम्म गाडी सञ्चालन नहुने बताएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...