सानी बच्चीलाई अपराधीले लात हानेर हावामा उडायो ( हेर्नुहोस् यो भिडियो)

सानी बच्चीलाई अपराधीले लात हानेर हावामा उडायो ( हेर्नुहोस् यो भिडियो)

काठमाडौं । चीनको शेनझेनमा एक वर्षकी शिशुलाई एउटा अपराधीले पछाडिबाट लात हानेर हावामा उडाएको छ । शिङचेङ शपिङ सेन्टरमा ती बालिका आफ्नी हजुरआमासँग गइरहेको बेलामा उक्त व्यक्तिले पछाडिबाट उनलाई लात हानेको थियो । 
घटना बुधवार भएको हो । 

पोलो शर्ट लगाएको उक्त व्यक्ति मलको खम्भानजिक उभिरहेकी शिशुनजिक पुग्छ अनि उनलाई लात हान्छ । शिशु भुइँमा पछारिन्छिन् । स्तब्ध भएकी हजुरआमा नातिनीलाई हेर्न पुग्छिन् अनि लात हान्ने मानिससँग भिड्छिन् । 

उक्त व्यक्तिले आफूमाथि हिंसा गर्ने धम्की दिएकाले उसलाई त्यत्तिकै छोडिदिएको हजुरआमाको कथन छ । अन्य कुनै पनि प्रत्यक्षदर्शीले हस्तक्षेप नगरेको विश्वास गरिएको छ ।

शिशुको परिवारले उक्त व्यक्ति पत्ता लगाउने आशाका साथ घटनाको भिडियो अन्लाइनमा राखेको हो । शिशुलाई हल्का चोटपटक लागेको छ । शेनझेन प्रहरीले बिहीवार आरोपितको पहिचान खुलेको बताएको छ तर पक्राउ गरिएको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...