सुनको मुल्य बढेको बढ्यै, एकै दिन बढ्यो १ हजार रुपैयाँ

काठमाडौं । पछिल्लो केही दिनयता सुनको मुल्य उच्च गतिमा बढिरहेको छ । विषेशगरी चाँडपर्व नजिँकिँदा सुनको मुल्य आकासिने गर्छ । त्यसमा पनि हिन्दु नारीहरुको पर्व हरितालिका तिजको बेला त सुनको मुल्य छोइ नसक्नु हुन्छ । 

अहिले तीज पनि सकिएको छ । र हिन्दुहरुको महान चाड दशैं नजिकिँदैछ । यही बेला सुनको मुल्य पनि उत्तिकै बढिरहेको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

मंगलबार ७२ हजार ५ सय मूल्यमा कारोबार भएको छापावाला सून बुधबार १ हजारले बढेर प्रति तोला ७३ हजार ५ सय मूल्यमा कारोबार भयो । चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रति तोला ९ सय ४० रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार १५ रुपैयाँ तोकेको थियो भने प्रति १० ग्राम चाँदीको मूल्य ८  सय ६ रुपैयाँ कायम गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...