पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, को हुन् उनी ?

Puneka shaha

काठमाडौँ । छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको ।

उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ ।

ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी । यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ । पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेन्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन् ।

उनीहरुले धरानका पत्रकार गोपाल देवानको शव्दमा गायक सविन राईको गीत ‘गुराँशको फेदमुनी सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिमाकै अकाउण्टबाट पोष्ट भएको थियो । फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन् । उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यको गहिरो मायामा डुबेकी हुन् ।

पूर्णिकाका प्रेमी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान ।

पूर्णिकाका प्रेमीचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन् । सुशील र राजिब १३ दिने दाजुभाइ हुन् । थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन् ।

सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी परेकी पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...