आजको मौसमः देशभर सामान्य बदली रही हल्का वर्षाको सम्भावना

Rain

काठमाडौँ । देशभर आज (मंगलबार) सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेकोख मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश न १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदुर पश्चीम प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मति प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बाग्मति प्रदेश,प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस