सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा कीर्तिमान, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाउँदै सोमबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्यमा यो हालसम्मकै उच्च दर हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक हजार रुपैयाँले बढेर ७३ हजार ५०० रुपैयाँ मा कारोबार भएको हो । यस्तै तेजाबी सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...